aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन


काठमाडौं । आशा लघुवित्तले प्रस्ताव गरेको १२ दशमलव ६३ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

सो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको छ । नुवाकोटमा बोलाएको उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असोज १४ गतेसम्म कायम सदस्यहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन । 

यस कम्पनीको चुक्तापूँजी रू. २० करोड ७४ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ । गत आव २०७५/७६ मा कम्पनीले रू. ३ करोड ९१ लाख ७९ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८० रहेको छ । हाल ४५ वटा शाखा कार्यालय मार्फत देशका ७ वटै प्रदेशमा २८ जिल्ला भित्र ४५ हजार भन्दा विपन्न परिवारमा कम्पनीले लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस