aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नोक्सानमा रहेको प्रोग्रेशिभ फाइनान्सले नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
नोक्सानमा रहेको प्रोग्रेशिभ फाइनान्सले नाफा बढायो

प्रोग्रेशिभ फाइनान्स लिमिटेड (Progressive Finance Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा २ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा ९७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

७१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रोग्रेशिभ फाइनान्सले जगेडाकोषमा ४ करोड २५ लाख रुपैयाँ छुटाएको छ ।

प्रोग्रेशिभ फाइनान्सले निक्षेपमा ८२ करोड ७२ लाख रुपैयाँ संकलन गरी कर्जामा ८८ करोड ४४ लाख रुपैेयाँ लगानी गरेको छ । जसले कर्जामा ९१ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी १२७ दशमलव ७७ प्रतिशतले बढेर ४ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष १ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

फाइनान्सको निष्कृय कर्जा ३ दशमलव ३९ प्रतिशत, जोखिम युक्त सम्पत्ति ६८ दशमलव ८३ प्रतिशत, प्रतिशेयर आम्दानी ४ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ०१ गुणा, प्रतिशेयर नेटवर्थ १०५ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात ८२ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस