aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ भदौ २०८०
एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक नियुक्त भएको छ । एनएमबि बैंक कोष प्रबद्र्धक तथा एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको योजनाको वितरकमा एनएमबि बैंकलाइ नियुक्त गरेको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाको सेवाहरू सहज , व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उदेश्यका साथ एनएमबि बैंक र उक्त बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत योजनाको व्यवस्थित लगानी योजना अन्तर्गतका सेवाहरू प्राप्त गर्न सकिने गरी वितरक नियुक्त गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस