काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सदस्यको बचत अपचलन गर्ने सहकारीलाई जोगाउने पाइएमा महासंघ नरहेको बताए छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सदस्यको बचत अपचलन गर्ने सहकारीलाई जोगाउनुपर्छ भन्ने पक्षमा महासंघ नरहेको प्रष्ट पारेका हुन् ।
उनले जनताको जीवनस्तर उकास्न सहकारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । सहकारी मूल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गएर सञ्चालन भएका केही सहकारीका कारण सिङ्गो अभियान माथि नै विश्वसनीयताको प्रश्न चिन्ह खडा भएको गुनासो गरे ।
मुलुकभरिका ७७ जिल्ला मध्ये ६० जिल्लाका सहकारीमा कुनै समस्या नरहेको उनले उल्लेख गरे । उनले कार्यदलले दिएको सुझाव कार्यान्वयन गराउन अभियानको तर्फबाट प्रधानमन्त्री र मुख्य सचिवलाई समेत भेटेको उनले जनाए । कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएपछि सहकारीका समस्या समाधानका लागि कार्यान्वयनमा लैजान आफूहरूले निरन्तर पहल गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस