aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ भदौ २०८०
६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यहि भदौ २४ गते बोलकबोल मार्फत विकास ऋणपत्र २०८६ ‘झ’ (६ वर्षे) बिक्री गर्न लागिएको हो । 

यस ऋणपत्रको निष्काशन हुने रकम १० अर्ब रुपैयाँ रहेको छ । जुन बैंक तथा वित्रीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखि कर्जा लिन वा दिन पाइनेछ । 

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन् । अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष जाने अंकमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस