
काठमाडौं । सानिमा बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गर्ने भएको छ । बैंकले सो लाभांश शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने भएकाले हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको छ ।
शेयर प्रमाणपत्र अभौतिकीकरण नगरेका शेयरधनीहरुले यथाशिघ्र शेयर प्रमाणपत्र अभौतिकीकरण समेत बैंकले अनुरोध गरेको छ । साथै, असोज १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र लाभांश हितग्राही खातामा जम्मा हुने जानकारी बैंकले गराएको छ । कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस