aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

ग्लोबल आइएमई बैंकद्वारा २५.५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असोज २०७६
ग्लोबल आइएमई बैंकद्वारा २५.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आवको वितरणयोग्य नाफाबाट शेयरधनीलाई २५ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १२ दशमलव ७५ प्रतिशत नगद दिने निर्णय गरेको छ । 
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् । हाल बैंकको चुक्ता पँुजी१० अर्ब ३१ करोड ५ लाख रहेको छ । बोनस शेयर वितरणपछि बैंकको पँुजी  ११ अर्ब ६२ करोड ५१ लाख पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस