aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने, कसले पाउँछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ भदौ २०८०
नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने, कसले पाउँछ ?

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको हो । 

सिप्रदी अटोपार्टका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ ।  
 

प्रतिक्रिया दिनुहोस