काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेका पर्वहरुलाई लक्षित गर्दै बैंकले ‘आरबिबिएल इभि लोन फेस्टिभ अफर’ सार्वजनिक गरेको हो ।
‘यो वर्षको फेस्टिभ जोन, आरबिबिको इभि लाने’ भन्ने नाराकार साथ यो अफर सार्वजनिक गरिएको हो । यो अफर यदि भाद्र २६ गतेदेखि लागू हुनेछ । विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिन यस्तो अफर ल्याएको बैंकले जनाएको छ ।
यस योजनाको ब्याजदर ९.९५ प्रतिशत (सबैभन्दा न्यून) रहेको छ भने प्रशोधन शुल्क ०.२५ प्रतिशत रहेको छ । त्यस्तै, अग्रिम भुक्तानी मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सिमा एक करोड र बैंकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्ने बैंकले जनाएको छ । यो अफर सिमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस