aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट बैंक र ओम अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ भदौ २०८०
एभरेष्ट बैंक र ओम अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । 

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस