aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार १६६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेय खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य विक्रेता तोके बमोजिम हुने कम्पनीले जानकारीदिएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस