aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

युनिक नेपाल लघुवित्तले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
युनिक नेपाल लघुवित्तले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा बोनस र नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कुल लाभांशमा बोनस र कर कति भन्ने वारे कम्पनीले सूचनामा उल्लेख गरेको छैन् । नेपाल राष्ट्र बैंकले पछिल्लो समय जारी गरेको निर्देशनलाई ध्यानमा राखी यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस