
काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल समृद्धि फन्ड–१ ले ६ दशमलव ५ प्रतिशत प्रतिफल (कर सहित) इकाईधनीको हितग्राही खातामा बुधबारदेखि जम्मा गर्न शुरु गरेको छ ।
उक्त प्रतिफल इकाईधनीको अद्यावधिक भएको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खातामा बैंक खाता यथाशीघ्र अद्यावधिक गराउन समेत कम्पनीले अनुरोध गरेको छ । त्यस्तै इकाई धितो राखी कर्जा लिएका इकाईधनीको प्रतिफल सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र हितग्राही खातामा जम्मा हुने जानकारी कम्पनीले गराएको छ ।
प्रतिक्रिया दिनुहोस