aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहजबनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।  कार्ड सार्वजनिक गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘बुद्ध एयर जस्तो पाइनियर विमान कम्पनीसँग एनएमबि बैंक जोडिन पाउदा खुशी लागेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले आफ्ना यात्रुलाई थप नयाँ सुविधा दिन पाएकोमा एनएमबि बैकलाई धन्यवाद दिए । उनले बुद्ध एअर सञ्चालनको शुरुको चरणमा सञ्चालन पुँजी समेत जुटाइदिएको सम्झना गरेका थिए । 

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रागर्दा थप ५ किलो सामान निःशूल्कलान सक्नेछन् ।  

एनएमबि बुद्ध भिसा डेबिट कार्डप्रयोेग गर्ने ग्राहकहरुलाई शतप्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस