
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको एफपीओ निष्कासन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले अंकित मूल्य १ सयका ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस