aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवा विकास बैक र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ।

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
कामना सेवा विकास बैक र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ।

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपाल सँग मङ्गलबारको दिन सम्झौता गरेको छ । 

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत  विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत  सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

उक्त सम्झौता पश्चात नेभ नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
 

प्रतिक्रिया दिनुहोस