aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

पोखराको लेकसाइड र बिजयपुरमा महालक्ष्मी विकास बैँकको शाखा बिस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
पोखराको लेकसाइड र बिजयपुरमा महालक्ष्मी विकास बैँकको शाखा बिस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम बुधबार  कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड र वडा नं २६, बिजयपुरमा दुई नँया शाखा कार्यालयहरुसञ्चालनमा ल्याएको छ । उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।
 बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता प्रेस विज्ञप्ती
जारि गर्दै जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस