
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको ६३० औं संचालक समितिको बैठकको निर्णयानुसार यस बैंकको २६ औं वार्षिक साधारण सभा २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गर्ने भएको छ ।
गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र १.५२६३ प्रतिशत नगद लाभांश लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ । वार्षिक साधारण सभालाई ध्यानमा राखी १६ देखि २८ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस