aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माछापुच्छ्रे बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
माछापुच्छ्रे बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६२ हजार १६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिष्टलको कार्यालयमा आवेदन पेश गर्नुपेर्नछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी बैंकले दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस