काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ३७० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सातदिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपालाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस