aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

अब कैलाश विकाश बैंक पनि प्राईममा गाभिने, राष्ट्र बैंकले दियो स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असोज २०७६
अब कैलाश विकाश बैंक पनि प्राईममा गाभिने, राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौं । प्राइम बैंकले कैलाश विकास बैंंकलाई गाभ्नको लागि राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको छ । केही समय अघि कन्काई बिकाश बैंकलाई आफुमा गाभ्न सफल भएको प्राईम बैंकले अर्को उपलब्धी हाँसिल गरेको हो  ।

स्रोतका अनुसार  राष्ट्र  बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो । प्राईम बैंकका संचालकहरुले पनि यसको पुष्टी गरेका छन्  ।

प्राइम बैंकको हाल ११३ वटा शाखा रहेका छन् भने कैलाश विकाश बैंकले ९५  वटा शाखा मार्रफत सेवा प्हेरवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस