aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकले बोलायो साधारण सभा, १४.७० प्रतिशत लाभांश पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
सानिमा बैंकले बोलायो साधारण सभा, १४.७० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार,ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

बैंकले प्रस्ताव गरेको लाभांशलाई समेत सभाले पारित गर्नेछ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको जानकारी बैंकले दिएको छ । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो ।

बैंकले गत वर्षभन्दा यस वर्ष बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस