
काठमाडौं । वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिवर्तन भएको छ । कम्पनीको असार २१ सम्पन्न वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनीको परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेड भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ ५ गतेको निर्णय र असोज १४ को पत्र अनुसार कम्पनीको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नुपर्ने ऋण, धन, कर, दायित्व आदि परिवर्तित नामको स्ांस्थाले सकार्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस