aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

मल्टीपर्पस फिनान्सको हकप्रद लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
मल्टीपर्पस फिनान्सको हकप्रद लिलामीमा

काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनीले हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ । कम्पनीले संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता शेयर गरी कुल २४ लाख ८७ हजार २७८ कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो । लिलामी शेयरमा आवेदन दिनको लागि असोज ३० गतेदेखि कार्तिक ७ गतेसम्म अवधि तोकिएको छ । यसअघि कम्पनीले असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा संस्थापकको हकमा न्यूनतम हजार कित्ता तथा सर्वसाधारणको हकमा न्यूनतममा सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस