aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

दशैं बिदामा सिटिजन्स बैंकका यी शाखा खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असोज २०७६
दशैं बिदामा सिटिजन्स बैंकका यी शाखा खुल्ने

 काठमाडौं,  सिटिजन्स बैंक इन्टरनेसनलले दशैंको बिदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले विजया दशमीको दिन  (असोज २१ गते ) काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ । उल्लेखित शाखाबाट सेवाग्राहीहरुले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नगद काउन्टरको सेवा लिन सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले ८४ वटा शाखा, ८० वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख  ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस