aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पशुपति बचत तथा ऋण सहकारीको रक्त कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असोज २०८०
पशुपति बचत तथा ऋण सहकारीको रक्त कार्यक्रम

भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्थाले रत्तदान कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रमका बिच सहकारीले तिलोत्तमा रत्तदाता समाज, दुर्गा भवानी टोल विकास संस्था, रोट्रयाक्ट क्लब अफ कोटिहवा र लायन्स क्लब अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा रत्तदान कार्यक्रम गरेको हो । 

रत्तदान गर्न आउने मानिस रत्तदान जिवनदान भन्ने मानयतालाई आत्मसात गर्दै उत्सुक्ता पुर्वक रत्तदान गरिरहेका थिए । मुलुकमा रगतको अभावलाई पुर्तिगर्न सो सहकारी संस्थाले रत्तदान कार्यक्रमको आयोजना गरेको हो  । रत्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५का वडा अध्यक्ष खेमराज गुरुङले पशुपति सहकारीले सुरुवाति दिन देखिनै बचत सँग सँगै सामाजिक काम समेत अतुलनिय योगदान पु¥याएको बताए । उनले रक्तदान जिवन दान भएकाले यस्ता समाजिक कार्यले समाजमा सकारत्मक सन्देश दिने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजन ागर्न आग्रह गरे  ।

पशुपती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डोल राज बस्यालले समाजमा बढ्दै गरेको रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रम गरेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

आफ्नो वार्षीक योजना अनुसार मानवीय भावना राख्दै रत्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक तारा प्रसाद नेपालले बताए । उक्त रक्तदान कार्यक्रममा १०१ जनाले रत्तदान गरेका थिए भनि १०१ युनिट रगत सकंलन गरी नेपाल रेड क्रस सोसाईटी रुपन्देहीलाइ हस्तान्तरण  भएको थियो ।

सो संस्थाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वाथ्य खानेपानी , सहकारी शिक्षा अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले हरेक वर्ष रक्तदानका साथै समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पु¥याएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरुका साथै यस क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्याथीलाई छात्रवृत्ति वितरण, अशक्त असहाय, वृद्ध वृद्धाहरुलाई आर्थिक सहयोग प्रदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ 

प्रतिक्रिया दिनुहोस