aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने लिलामी प्रक्रियबाट विक्री हुनेछ ।

कम्पनीले भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म विक्री गरेको ३५ प्रतिशत हकप्रद शेयर असोज १२ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना शेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज १६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । 

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोेजको आधारमा साउन ११ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पुरा गरेको छ । अवितरित हकप्रद शेयर समेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस