aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु बैंकको ६ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असोज २०८०
प्रभु बैंकको ६ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले पाँच जना सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । 

बैंकको संस्थापक शेयरको मूल्य दोस्रो बजारमा प्रतिकित्ता १०९ रूपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस