aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शुक्रबारदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद शुक्रबारदेखि बिक्रीमा

काठमाडौं । सिर्जना फाइनान्सले असोज १७ गते शुक्रबारदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको छ । कम्पनीले असोज ५ गतेसम्मका शेयरधनीहरुका लागि उक्त हकप्रद जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि असोज ६ गते बुक क्लोज भएकाले असोज ५ गतेसम्म कायम सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन । कम्पनीले १० बराबर ६ को अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर विक्री गर्नेछ । 

कात्तिक २१ गतेसम्म विक्रीमा रहने यो हकप्रद विक्री प्रबन्धकको जिम्वेवारी सन्राइज क्यापिटल लिमिटेडले पुरा गर्नेछ । हाल रू. ४६ करोड ७ लाख ८२ हजार चुक्तापूँजी रहेको यस कम्पनीको ६० प्रतिशत हकप्रद पछि रू. ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ । हकप्रद पश्चात संस्थापकतर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । गत आवमा कम्पनीले रू. १५ करोड ५८ लाख ६५ हजार नाफा गरेको छ । उक्त वर्ष कम्पनीले रू. १५ करोड ७३ लाख ३ हजार नाफा गर्ने प्रक्षेपण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस