aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल एग्रो लघुवित्त र नेपाल एसविआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
नेपाल एग्रो लघुवित्त र नेपाल एसविआई मर्चेण्ट बैंकिङ्गबीच सम्झौता

नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच मंगलबार एक कार्यक्रमका बीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि दुई पक्षीय बीच सम्झौता भएको छ । 

उक्त कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत छपि राज पन्त र नेपाल एग्रोे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेको हो ।

साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज लगायत सो सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडौ मार्फत हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस