aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष ‘क्यासब्याक’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष ‘क्यासब्याक’ योजना

काठमाडौं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष ‘क्यासब्याक’ योजना ल्याएको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । 

यस अन्तर्गत पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ छुट पाउने भएका छन् । त्यस्तै, विजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्र्टनेटको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको ‘क्यासब्याक’ को व्यवस्था गरेको छ ।  

यो योजना कार्तिक मसान्तसम्म लागू हुने छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा ‘क्यासब्याक’ प्रदान गरिने छ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस