aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

दशैंमा सनराइज बैंकको निःशुल्क बस सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
दशैंमा सनराइज बैंकको निःशुल्क बस सुविधा

 काठमाडौं । सनराइज बैंकले  १२औं वार्षिक उत्सवको अवसर र दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैंको टीकाको दिन गर्ने जनाएको छ ।
बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ  परिक्रमाको रुट रहनेछन् । बंैकले  असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमm गर्दै जाने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस