aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमाको मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
सानिमाको मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना जारी गरेको छ । सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताहरूका लागि बैंकले फोनपेसँग सहकार्य गरी विशेष क्यासब्याक योजना ल्याएको हो ।

योजना अन्तर्गत पहिलोपटक सानिमा सजिलो ई-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूले एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । बिजुलीको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिर्ल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँ सम्मको क्यासब्याक व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुनेछ । मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न यो योजना ल्याएको बैंकले जनाएको छ ।  योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई बैंकले “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गर्नेछ ।

सानिमाबैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस