aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

२३औँ वार्षिकोेत्सव अवसरमा माछापुच्छ्रे बैंकका कर्मचारी सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
२३औँ वार्षिकोेत्सव अवसरमा माछापुच्छ्रे बैंकका कर्मचारी सम्मानित

काठमाडौं । २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैँकले एक विशेष कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ । माछापुच्छ्रे बैंक २३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रूपमा स्थापना भएको थियो । 

सम्मान कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षदेखि बैंकलाई साथ दिइरहेका ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । साथै, आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा र उत्कृष्ट सुविधाहरू प्रदान गर्दै संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता महतोले व्यक्त गरेका छन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक’ भन्ने मूल नाराका साथ डिजिटल अर्थतन्त्रमा प्रभावकारी भुमिका खेल्दै आइरहेको माछापुच्छ्रे बैंकले हालसम्म आफूलाई स्मार्ट बैंकको रूपमा स्थापित गर्न सफल भएको दाबी गरे ।

स्मार्ट तरिकाबाटै ग्राहकहरूको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरूलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाए ।

विभिन्न अफर

वार्षिकोत्सव अवसरमा माछापुच्छ्रे बैंकले विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू एमबीएएमस्मार्ट, डेबिट तथा क्रेडिट कार्डबाट लिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार अफर अन्तर्गत २ जना भाग्यशाली फोनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकका १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट फोनपे बिलमाफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरू आश्विन १५ देखि असोज ३० गतेसम्म कायम रहने बैंकले जनाएको छ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस