
xकाठमाडौं । एन आई सी एशिया बैंकले बडा दशैंलाई लक्षित गरेर दक्षिणा प्लसको योजना अघि सारेको छ । यो योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिने बैंकले जनाएको छ ।
दक्षिणा प्लस नाम दिइएको एस योजना अन्तर्गत मोबैंकको प्रयोग गरी दक्षिणा दिँदा पाँच जना सम्मलाई दक्षिणा रकमको १०% वा अधिकतम रु १०० बैंकको तर्फबाट थप हुनेछ । दक्षिणा प्लस योजना यस बैंकमा आबद्ध ग्राहकलाई मात्र लागू हुनेछ भने यो विशेष उपहार विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म उपलब्ध हुनेछ ।
यो योजना एन आई सी एशिया बैंकको ःयद्यबलप प्रयोग गरी फण्ड ट्र««ान्सफर मार्फत् दक्षिणा प्रदान गर्दा मात्र लागू हुनेछ भने दक्षिणा दिने व्यक्तिले रिमाक्र्समा “दक्षिणा प्लस ९म्बपकजष्लब एगिक०” लेख्नुपर्नेछ । ‘सोच बदलौं’ नारालाई समाजमा स्थापित गराएर समाजमा बैचारिक शुद्धता ल्याउने प्रयत्नलाई दशैंसँग जोड्दै यस बैंकले दशैंमा प्रयोग हुने नयाँ नोटलाई सफा राखौं भन्ने मूल सन्देशका साथ डिजिटल दक्षिणातर्फ ग्राहकलाई उत्प्रेरित गर्न दक्षिणा प्लसको योजना अघि सारेको बैंकले जनाएको छ ।
साथै यो योजना एन आई सी एशिया बैंकको यसपालीको चाडपर्वलाई लक्षित गरी ल्याईएको “सोच बद्लौं – मोबैंक डाउनलोड गरौं, यसपालीको चाडपर्वमा खुशी अपलोड गरौं” भन्ने अभियान अन्तर्गत ल्याइएको हो । दीर्घकालीन रुपमा नेपाली अर्थतन्त्रलाई नगदरहित बनाई डिजिटल भुक्तानीलाई व्यवस्थित गर्न पनि यस दक्षिणा प्लस अफरले आम जनमानसमा डिजिटल भुक्तानीप्रति सकारात्मक दृष्टिकोण बनाउने अपेक्षा बैंकले राखेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस