aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी विकास बैँकद्वारा कृत्रिम हात वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
महालक्ष्मी विकास बैँकद्वारा कृत्रिम हात वितरण

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको विरगंज शाखाले सोमबार विर्ता, विरगंज स्थित त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरी

विभिन्न दुर्घटनामा परेर हात गुमाएका व्यक्तिहरुलाई कृत्रिम हातहरु हस्तान्तरण गरेको छ । सोका लागि बैंकले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब रु. तीस हजार बराबरको १५ थान हातहरु वितरण गरेको हो । 

लाभान्वित व्यक्तिहरुले अब उपरान्त उक्त हातको माध्यमले सहायता बिना नै खाने, केही वस्तु समात्ने जस्ता कार्यक्रहरु सजिलै गर्न सक्ने जानकारी दिँदै बैंकले उनीहरुको दैनिकी निकै नै सहज बन्ने अपेक्षा गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस