
काठमाडौं । देउराली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । लामो समयदेखि सहकारीका सदस्यहरुलाई धम्क्याउँदै हिडेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ब्यूरोका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी नवराज अधिकारीले बताए । बचतकर्ताको रकम फिर्ता नगरेपनि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
उनले चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको आरोपमा छ । ३९ वर्षीय चौलागाईं काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस