aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
कुमारी बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंंक लिमिटेडले ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस