
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा आएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा बिक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १०९ रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस