aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

श्री इन्भेष्टमेन्टको १३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
श्री इन्भेष्टमेन्टको १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवको २०७५/७६ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । 

सञ्चालन समितिले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको सो निर्णय आगामी २५औं साधारण सभामा अनुमोदनका पेश गर्ने निर्णय कम्पनीले गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ८१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात यो पुँजी ८२ करोड ९० लाख रुपैयाँ पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस