aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सारथी लघुवित्त मर्जमा जान विषेश सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
सारथी लघुवित्त मर्जमा जान विषेश सभा

काठमाडौं । सारथी लघुवित्त र सत्यवती लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा मर्जरमा जाने प्रक्रियालाई पारित गर्न सारथी लघुवित्तले विशेष सभा बोलाएको छ । कम्पनीले कात्तिक ६ गते विहान ११ बजे होटल गण्डकी रीभरभ्यु शितलचोक, दमौलीमा सभाको आयोजना गरेको छ । 

सभाले मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको डिडिए शेयर स्वाप रेशियो लाई पारित गर्ने विषय रहेको छ । मर्जर प्रक्रियाको लागि दुवै कम्पनीको सम्पत्ति मूल्यांकन गर्ने, लेखा परीक्षक नियुक्ती गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको अनुमोदन गर्ने, सञ्चालक तथा प्रमखु कार्यकारी अधिकृतको कार्यकालको बारेमा छलफल गर्ने सभाको विषय रहेको छ ।  

कम्पनीले गरेको विशेष प्रस्तावहरुमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत लिने तथा अन्य सम्पूर्ण कार्य गर्नको गराउन सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस