
काठमाडौं । सनराइज बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा कार्तिक १५ गते हुने भएको छ । बैंकले नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
साथै, बैंकले शेयरधनीहरुका लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक १ गते शेयरधनी दर्ता बन्द गर्ने भएको छ । असोज ३० गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन, मतदान गर्न र लाभांश लिन पाउनेछन ।
प्रतिक्रिया दिनुहोस