
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १४ दशमलव ७० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित लाभांश पारितका लागि कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ ।
असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार,ब्यान्केट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ ।
लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि बोलाएको साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस