
काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि आवेदन माग गरिएको छ । बैंकका तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको गत सोमबार चार वर्षे कार्यकाल पूरा भएपछि नयाँ सिइओका लागि आवेदन माग भएको हो ।
उक्त पदमा आवेदन दिनका लागि आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेकाु हुन पर्ने आवेदन सूचनामा जनाइएको छ ।
सम्बन्धित क्षेत्रका दश वर्षको कार्य अनुभव भएकाहरुले आवेदन दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख छ । ईच्छुक व्यक्तिले आजदेखि २१ दिनभित्रमा दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस