
काठमाडौं । प्रभु बैंक लिमिटेडले १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले दिएको जानकारी अनुसार संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको उल्लेखित शेयर विक्री खुला गरिएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस