aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ असोज २०८०
सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा छुट

काठमाडौं । सानिमा बैंकले तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न छुटको व्यवस्था गरेको हो । 

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ । 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets  उपलब्ध छ ।  

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस