aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको स्कुटरहरुको विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असोज २०८०
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको स्कुटरहरुको विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रालि”सँग सम्झौता गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन “पिनाकल मोटोराड प्रालि”सँग व्यवसायिक सम्झौता गरेको हो । 

लिफान नेपालको ईभी  स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट  प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड  प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस