aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन बैंकले जिल्ला प्रहरी परिसरलाई दियो क्यामरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असोज २०८०
हिमालयन बैंकले जिल्ला प्रहरी परिसरलाई दियो क्यामरा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई सहयोग गरेको छ । बैंकले  दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको इन्स्टा३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरि हस्तान्तरण गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौंै जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले काठमाडौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा  प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहकोबीच हस्तान्तरण गरेका हुन् । 

उक्त समारोहमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।
 

प्रतिक्रिया दिनुहोस