aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘सञ्चालक स्वेच्छाचारी हुँदा सहकारीमा समस्या आयो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असोज २०८०
‘सञ्चालक स्वेच्छाचारी हुँदा सहकारीमा समस्या आयो’

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरूमा सञ्चालक स्वेच्छाचारी बन्दा समस्या आएको बताएका छन् । 
धेरै सहकारी संस्थाहरूले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरूमा समेत सदस्यहरूलाई बाइपास गरेकाले  गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए ।

राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलीकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए । यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए ।

‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरू अपरिहार्य छन्,’ उनले भने, ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

सहकारी संस्थाभित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रूपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए । 

‘सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई संस्थाका गतिविधिहरू सम्बन्धी सूचना समयमानै उपलब्ध गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्था भित्रका सबै पक्षको समन्वय बनाउनपर्ने हुन्छ ।’ 

संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तिलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाइ छ । 

नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताए । उनले भने, ‘सहकारीमा अन्तरिक र वाह्य रूपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्था भित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ ।’

लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्यसम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरूलाई निरन्तर रूपमा अनुगमन गर्नुपर्छ । 

सहकारी संस्थाले कार्य सञ्चालन गर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्य हितमा काम गरे/नगरेको हेर्नुपर्ने र संस्थाप्रति सदस्यहरूको सकृयता र संस्थाको वार्षिक साधारणले गरेको निणर्यहरू कार्यान्वयनमा आए/नआएको निरन्तर नियमन सुझाए ।

प्रतिक्रिया दिनुहोस