
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो ।
यस अवसरमा आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यस्तै, साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साधारण सभाबाट प्रवल जङ्ग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस